कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जनता संवाददाता
२०७९ चैत्र २३ गते, बिहीबार

काठमाडौँ । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको चुरे गाउँपालिका-६ को बयला-डुग्रेनी कच्ची सडकखण्डमा सुपप्र०१००२ त ५२६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा चालक चुरे गाउँपालिका-३ का ३८ वर्षीय दानबहादुर सिजाली रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।

दुर्घटनाग्रस्त ट्याक्टरको ट्रलीमा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रकाशित मिति : २०७९ चैत्र २३ गते, बिहीबार


Scroll to Top

Janata Media