वडाध्यक्षकै दबावमा करोडौँ पर्ने १ रोपनी ९ आना जग्गा वर्षौदेखि कब्जा गर्ने प्रयास!

जनता संवाददाता
२०८३ असार १ गते, सोमबार

काठमाठौँको बुढानिलकण्ठ नगरपालिका वडा न. ४ मा ७२ वर्षिय सुधा थापाको नाममा ९ रोपनी १४ आना जग्गा छ । उनको परिवार त्यहाँ बस्दै आएको २० औँ वर्ष भईसकेको छ । तर प्रत्येक दिन डरै डरका बिचमा बस्नु परेको छ । सँगैमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज छ । तर १ रोपनी १४ आना जग्गा भने कब्जा गर्ने प्रयास २० औँ वर्षदेखि भईरहेको छ ।

२०७३।०२।१६ गते सुधा थापालाई प्रतिवादी बनाई निकुञ्जको पर्खाल भत्काईएको भन्दै राजाराम खड्काले हालेको रिटमा काठमाडौँ जिल्ला अदालतले थापाको ९ रोपनी १४ आना जग्गा हुनु पर्नेमा ८ रोपनी १४ आना मात्रै पुगेको र १ रोपनी ९ आना बाटोले मिचेको भन्दै सफाई दियो । तर पनि अहिलेसम्म उनको जग्गा फिर्ता आउन सकेको छैन ।

पिडित सुधा थापाका अनुृसार हालका बुढानिलकण्ठ नगरपालिका वडा नं ४ का वडाध्यक्ष श्रीराम केसीका कारण जग्गा हडप्ने प्रयास भईरहेको हो । पटक पटक धम्की दिने, छिमेकी लगाएर तर्साउने प्रयास गर्ने जस्ता कार्य गरेको थापाको दाबी छ ।

केही वर्षअघि वडाध्यक्ष केसी सुधा थापाकै घरमै गएर अदालतको फैसला देखाउँदा फैसला नै च्याति दिएका थिए । केहीबेर उनीहरुबिच विवाद पनि भएको थियो । काँग्रेस महामन्त्री प्रदीप पौडेल पनि स्वास्थ्य मन्त्री भएका बेला त्यहाँ गएका थिए । पौडेलले सम्झाउने प्रयास गरेका थिए तर सहमति हुन सकेको थिएन ।

यता वडाध्यक्ष श्रीराम केसीले आफु समस्या समाधान गर्न तयार रहेको तर सुधा थापाका कारण हुन नसकेको दाबी गरेका छन् । सबै पक्षलाई सँगे राखेर छलफल गर्न तयार भएको उनले बताएका छन् ।

केसी पहिलो कार्यकाल वडा सदस्य र दोस्रो कार्यकाल वडाध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । उनकै दबाबमा जग्गा हडप्ने प्रयास भईरहेको स्पष्ट देखिन्छ ।

प्रकाशित मिति : २०८३ असार १ गते, सोमबार


Scroll to Top

Janata Media