बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

जनता संवाददाता
२०७९ चैत्र २९ गते, बुधबार

काठमाडौँ । बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पाटन नगरपालिकाको झौलेकमा झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से १ ज ७ सय ६४ नम्बरको जिप मध्यराति ११ बजेतिर दुर्घटना भएको हो ।

जिपमा सवार केही व्यक्ति हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।

मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका ५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते, बुधबार


Scroll to Top

Janata Media