गायिका इब्सल सन्ज्याल ‘राष्ट्रिय युवा सेवा कोष’ बाट सम्मानित

जनता संवाददाता
२०८० माघ २५ गते, बिहीबार

काठमाडौँ । लोक दोहोरी तथा देउडा गायिका मोडेल इब्सल संज्याल ‘राष्ट्रिय युवा सेवा कोष’ पुरस्कारबाट नगद सहित सम्मानित भएकी छन् । राष्ट्रिय युवा सेवा कोषले इब्सलले कला क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नगद रु.दश हजार सहित प्रमाणपत्रले सम्मान गरेको हो ।

पछिल्लो समय लोक दोहोरी तथा देउडा गीतको क्षेत्रमा इब्सल चर्चित गायिकाको रुपमा परिचित छिन् । उनले सानो उमेरमा नै गायन क्षेत्रमा पुर्‍याएको योगदान स्वरुप ‘राष्ट्रिय युवा सेवा कोष’ले सम्मान गरेको कोषका अध्यक्ष प्रदीमान बैद्यले जानकारी दिए ।इब्सल पछिल्लो समयकी चर्चित लोक दोहोरी गायिका हुन् ।

उनी कालिकोट जिल्ला पचालझरना गाउँपालिका वडा नं. ६ की स्थायी बासिन्दा हुन् । इब्सलले दर्जनौ लोक दोहोरी तथा देउडा गीतमा स्वर दिइसकेकी छन् ।यति मात्रै नभइ उनले मोडलिङ गरेका गितहरु समेत दर्शक श्रोताहरुले रुचाएका छन् ।लोकदोहोरी गाएर पछिल्लो समय सबैतिर चर्चा कमाएकि उनी मोडलिङ मार्फत विगत चार वर्षदेखि साँगितिक क्षेत्रमा जमेकी छन् ।

२० वर्षको सानै उमेरमा गायन र मोडलिङ क्षेत्रमा जमेकी इव्सल अहिले स्नातक प्रथम वर्षमा अध्ययनरत रहेकी छन् । उनको सपना भने चर्चित गायिका बन्ने छ । उनको कणार्लि र सुदुरपस्चिमका देउडा भाकामा ठूलो योगदान रहेको कालिकोट लोक तथा दोहोरी गित प्रतिस्ठानका अध्यक्ष खगेन्द्र न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०८० माघ २५ गते, बिहीबार


Scroll to Top

Janata Media