काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ब्यापारीसँग रकम माग गरेको अभियोग लागेका ढाकाकुमार पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ । पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि गुमेको छ ।
आज बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको सांसद पद खारेज गरी विन्दबासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको रास्वपाका सभापति रवि लामिछानेले जानकारी दिए । बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नो नभएको दाबी गरेको लामिछानेले जानकारी दिए ।
व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको अडिओ बाहिरिएपछि रास्वपाले यसअघि नै श्रेष्ठलाई निलम्बन गरेको थियो ।







