दिपक बुढा, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका वडा नं ३ मा रहेको महेन्द्र आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । दान बहादुर ऐडीको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन भएको हो ।
जस अन्तर्गत उक्त व्यवस्थापन समितिमा अध्यक्षमा दान बहादुर ऐडी, सदस्यहरु रामे कामी, झिरकी कामी, शान्ति बुढा, गोर बुढा, भिम बहादुर बुढा, भिम बहादुर ऐडी, दिपा फडेरा र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक दिपक बहादुर सिंह छनोट भएका छन् ।







