प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र सभामुख बालकोटमा

जनता संवाददाता
२०८० बैशाख ४ गते, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल र देउवा एउटै गाडीमा बालकोट पुगेका हुन् ।

संसदमा अड्किएको विधेयकलगायतको विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा सहभागी हुन सभामुख देवराज घिमिरे पनि बालकोट पुगेका छन् ।

बिहान ९ बजे शीर्ष नेताबीच छलफल हुने भनिए पनि एक घण्टा ढिला दाहाल र देउवा बालकोट पुगेका हुन् ।

बालकोट पुगेर ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउने विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०८० बैशाख ४ गते, सोमबार


Scroll to Top

Janata Media