कानुन मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

जनता संवाददाता
२०८० बैशाख ५ गते, मंगलवार

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभारसमेत दिइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा कानुन मन्त्रालयको कार्यभार राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा रक्षामन्त्री खड्कालाई तोकेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मंगलबारदेखि उपप्रधान तथा रक्षामन्त्री खड्काले कानुन मन्त्रालयकोसमेत कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेका हुन्।

प्रकाशित मिति : २०८० बैशाख ५ गते, मंगलवार


Scroll to Top

Janata Media