सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु

जनता संवाददाता
२०८१ श्रावण ९ गते, बुधबार

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका ३ जनाको मृत्यु भएको छ । आज त्रिभुवन विमानस्थलमा भएको दुर्घटनामा मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो ।

मत्यु भएका तीनै जना एकै परिवारका हुन् । मृत्यु भएका मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका छोरा हुन् । प्रकाश खतिवडा सौर्य एयरलाइन्सकै कर्मचारी भए/नभएको बारे भने केहि खुलेको छैन । उता सौर्य एयरलाइन्सले भने आफ्नो विवरणमा उनीहरु सबै कर्मचारी भएको उल्लेख गरेको छ । प्रकाश खतिवडाकी पत्नी प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत भएको खुलेको छ ।

आज काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बिहान ११ बजे उड्ने वित्तीकै विमानस्थल नजिकै दुर्घटना भएको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ जनाको मृत्यु र एक जना घाइते भएका छन् । घाइते भएका विमानका क्याप्टेनका केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ श्रावण ९ गते, बुधबार


Scroll to Top

Janata Media