काठमाडौं। चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४१ हजार पाँच सय चार मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार छ सय ९५ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले सात हजार तिन सय ९९ मत प्राप्त गरेका छन् ।
भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । हालसम्म आठ सय ७० मत बदर भएको छ । उनका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ ।







