बिहान उठ्ने बित्तिकै के गर्ने ? के नगर्ने ?

जनता संवाददाता
२०८१ माघ ५ गते, शनिबार

बिहानको समयलाई निकै शुभ मानिन्छ । हिन्दू धर्म र ज्योतिष शास्त्रमा बिहानको समयमा गरिने केही कामलाई धेरै शुभ मानिन्छ । यी सबै काम बिहान सबेरै गरिसकेपछि भने दिनभर राम्रोसँग बित्छ ।

शास्त्रमा यो पनि भनिएको छ कि बिहान सबेरै भगवानको आराधना गर्नाले मानिस दिनभर उहाँसँग रहन्छ । बिहान सबेरै भगवानको नाम लिँदा दिनभर शुभ समाचार आउँछ । हरेक दिन बिहान कुनै न कुनै काम गर्नाले देवी लक्ष्मी प्रसन्‍न हुनुका साथै लक्ष्मीको आशीर्वाद दिनभर बरालिन्छ । आउनुहोस् जानौं ती कामहरू जुन बिहान गरेमा शुभ फल मिल्छ र भगवानको आशीर्वाद प्राप्त हुन्छ ।

बिहान उठ्नेबित्तिकै के गर्ने के नगर्ने ?
१. बिहान सबेरै उठ्नुपर्छ । उठेपछि केही समय प्रार्थना वा भजनमा बिताउनुपर्छ । यस कारण दिनभर मन भगवानको भक्तिमा समर्पित रहन्छ ।
२. बिहान आँखा खोल्ने बित्तिकै कसैको अनुहार नहेर्नु । विशेष गरी कुनै पनि व्यक्ति वा जनावरलाई देखेर तपार्इंको मनमा अचानक नराम्रो भावना आउँछ वा तपाईलाई मन पर्दैन ।
३. मिठो बोली बिहान सबेरै प्रयोग गर्नुपर्छ । कसैलाई कठोर शब्द प्रयोग नगर्नुहोस् । तपार्इंले उठ्ने बित्तिकै समाचार पत्र पढ्न वा टिभी हेर्नबाट जोगिनु पर्छ । यसले मस्तिष्कमा नकारात्मक प्रभाव पार्छ ।
४. ढिलासम्‍म सुन्ते बानी त्याग्नुहोस् । सूर्य उदाउनु अगाडि उठ्नु अत्याधिक राम्रो हुन्छ ।
५. बिहान उठ्ने बित्तिकै नित्यकर्म गरेर मधुरो आवाजमा भजन किर्तन सुन्नुहोस् ।
६. वादविवाद गर्ने काम गर्दै नगर्नुस् ।
७. मोबाइलबाट धेरैबेर कुरा नगर्नुस् । मेसेँजर वा सामाजिक सञ्जालमा धेरै समय नबिताउनुहोस् । ल्यापटप वा ईलेक्ट्रोनिक डिभाईसमा बस्दै नबस्नुस् । टिभिमा नझुण्डिनुहोस् ।
८. आजको दिन कसैसँग चित्त दुखाउँदिन, गुनासो गर्दिन, आशा राख्दिन बरु सकेको सेवा गर्नेछु भन्ने प्रण गर्नुहोस् । बिहान कसैमाथि रिस नदेखाउनुस् कसैले काम बिगारेको छ भने नम्र भएर सुल्झाउनुहोस् । अपशब्द बोल्दै नबोल्नुहोस् ।
९. अचेल धेरैको बानी छ – ब्युझिने बित्तिकै फोन चलाउने र २ घण्टासम्मै सिरकमा गुटमुटीने । अथवा बिहान बिछ्यौनामा पल्टेर टीभी हेर्ने । यो बानी त्याग्नुहोस् ।
१०. बिहान उठ्ने बित्तिकै जर्‍याकजुरुक्क गर्नुहुन्न । बिस्तारै वार्म अप गरेर अनि ध्यान योगा, अभ्यास जिम गर्नुपर्छ । बिहानै घरको छत, बार्दलीमा गएर आफ्नो वा अरुको मधुरो छायाँ नहेर्नुस् ।
११. दिनको सुरुवात मनतातो पानीबाट गर्नुहोस् । दूध हालेको चिया खाँदै नखानुस् ।
१२. बिहान मसलेदार पिरो अमिलो चिल्लो खाना नखानूस् । बिहानै खैनी चुरोट बिँडी गाँजा जस्ता धुमपान र मद्यपान नगर्नुहोस् । १३. कलेज जाने युवाहरु दुध चिया र चुरोट हातमा लिन्छन् यी कामहरु आजै बन्द गर्नुहोस् ।
१४. बिहान मनतातो पानी, कालो चिया, ग्रिन टि, हर्बल टि, तुलसीको पातको चिया, कागति राखी मह मिसाएको तातोपानी पनि प्रयोग गर्न सक्नुहुन्छ ।
१५. सकारात्मक सोँच राख्नुहोस् । अरुको सेवामा खुशी मिल्नेछ ।

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २०८१ माघ ५ गते, शनिबार


Scroll to Top

Janata Media