सरकारले निष्पक्ष रुपले काम गर्नुपर्छ : केपी ओली

जनता संवाददाता
२०८० बैशाख २५ गते, सोमबार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानवीनमा सरकारको निष्पक्षतामाथि प्रश्न उठाएका छन् । आइतबार संघीय संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा उनले सो प्रश्न गरेका हुन् ।

आफूले र आफ्नो पार्टीले सो प्रकरणका दोषीलाई कारबाही गर्नुपर्छ भन्ने कुरालाई किन्चित तलमाथि नगर्ने प्रष्टयाउँदै अध्यक्ष ओलीले सो प्रकरणमा एमालेलाई फसाउने षडयन्त्र गर्न खोजिएको टिप्पणी गरे । उनले भने, ‘यसभित्र कुन–कुन तत्व प्रवेश गरेको छ, सरकारले खोजी गरोस् । दोषीमाथि कारबाही हुनुपर्छ भन्ने कुरामा एमाले तलमाथि गर्दैन ।’

मैले त भनेको छु ‘कडाइका साथ छानविन गर्नुस्, कारबाही गर्नुस्’ उनले भने । निश्पक्ष छानविनमा एमाले सहयोग गर्न तयार रहेको तर एमालेलाई अनावश्यक आरोप लगाएर घचेट्न खोजिए सह्य नहुने उनले चेतावनी दिए । देशको राजनीति विग्रदैगएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले सरकारको काम जनताको पक्षमा हुन नसकेको आरोप लगाए ।

प्रकाशित मिति : २०८० बैशाख २५ गते, सोमबार


Scroll to Top

Janata Media