काठमाडौँ । बाल सचेतना केन्द्र नेपालको आयोजनामा र काठमाडौँ महानगरपालिका ६ नं वडाको सहयोगमा बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका ६ नं वडाका अध्यक्ष भुवन लामाको प्रमुख आतिथ्यतामा र बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बाबुराम फुयालको सभापतित्वमा वडास्तरिय बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा ६ नं वडाभित्रका ३४ ओटा विद्यालयको सहभागिता रहेको थियो । जसमध्ये हिमशिला एकेडेमीका छात्रा प्रिन्सि सुवेदी प्रथम, इन्टरनेशनल जोसेफ पब्लिक स्कुलका छात्रा रक्षिका अधिकारी द्धितिय, बौद्ध चिल्ड्रेन हेभनका छात्रा करुना तामाङ तृतिय र एस.टि जुलियन स्कुलका छात्र अनिमेश कार्की सान्त्वता भएका छन् ।

प्रथम स्थान हासिल गर्नेलाई नगद रु. २५०० (दुई हजार पाँच सय) सहित ट्रफि र प्रमाणपत्र, द्धितिय स्थान हासिल गर्नेलाई नगद रु. २००० (दुई हजार) सहित ट्रफि र प्रमाणपत्र, तृतिय स्थान हासिल गर्नेलाई नगद रु. १५०० (एक हजार पाँच सय) सहित ट्रफि र प्रमाणपत्र, सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु. १००० (एक हजार) सहित ट्रफि र प्रमाणपत्र र सम्पूर्ण सहभागि विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

यस कार्यक्रममा काठमाडौँ महानगरपालिका ६ नं वडाका जनप्रतिनिधि, बुढानिलकण्ठ नगरपालिका ११ नं वडाका अध्यक्ष राजु अधिकारी, सहभागि विद्यालयका शिक्षक तथा प्रधानाध्यापक र अन्य समाजसेवीहरुको उपस्थििति रहेको थियो ।

उक्त कार्यक्रमका लागि जनकल्याण माध्यामिक विद्यालयले निशुल्क रुपमा सभाहल उपलब्ध गराएको थियो भने चिया खाजाको लागि हाल अमेरिका बस्दै आउनुभएकी प्रेमपूर्ण फाउण्डेसनका तर्फबाट संयोजक पद्मा प्रधानले रु. २५००० (पच्चिस हजार) सहयोग गरेकी थिईन् ।











