नेपाली युवाहरुले बनाए टिकटकजस्तै नयाँ एप ‘रमाइलो’

जनता संवाददाता
२०८० मंसिर ५ गते, मंगलवार

काठमाडौँ । नेपालमा टिकटकजस्तै नयाँ एप ‘रमाइलो’ सार्वजनिक गरिएको छ । सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आइडिया जार डिजिटल कम्पनीले साे एप ल्याएकाे हाे ।

एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले कन्टेन क्रियटरलाई केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेका बेला नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको दाबी छ ।

सरकारले हालै मात्र नेपालमा सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएपछि प्रयोगकर्ताका लागि यो एप उपयोगी हुने कम्पनीले दाबी गरेकाे छ ।

प्रकाशित मिति : २०८० मंसिर ५ गते, मंगलवार


Scroll to Top

Janata Media