रवि लामिछानेको सांसद योग्यतासम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश

जनता संवाददाता
२०८० जेष्ठ १० गते, बुधबार

काठमाडौँ — सर्वोच्च अदालतले रवि लामिछानेको सांसद योग्यतासम्बन्धी रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । लामिछाने सांसद पदका लागि अयोग्य रहेको भन्दै पेस भएको रिट दरपीठ गर्ने रजिस्ट्रारको निर्णय बदर गर्दै सर्वोच्चले दर्ता गर्न आदेश गरेको हो ।

युवराज पौडेलले लामिछाने गत वैशाख १० को चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत वैशाख २५ मा पेस भएको रिटलाई सर्वोच्चका रजिस्ट्रारले २८ गते दरपीठ गरिदिएका थिए । रजिस्ट्रारको दरपीठ गर्ने निर्णयविरुद्ध पौडेलले इजलासमा निवेदन दिएका थिए ।

उक्त निवेदनमाथि आदेश दिँदै सर्वोच्चले भनेको छ, निवेदनमा उठाएको विषयवस्तुको प्रकृति हेर्दा इजलासबाटै व्याख्या भई निरुपण हुनुपर्ने संवैधानिक र कानुनी प्रश्न निहीत रहेको देखिँदा यस अदालतको रजिस्ट्रारबाट मिति २०८०|०१|२८ मा भएको दरपीठ आदेश बदर गरिदिएको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १० गते, बुधबार


Scroll to Top

Janata Media