जिल्ला अस्पताल मुगुमा दक्ष जनशक्ति र औषधीको अभाव

जनता संवाददाता
२०७९ माघ २८ गते, शनिबार

सर्जन कुमार शाही, मुगु । जिल्ला अस्पताल मुगुमा दक्ष जनशक्तिको अभाव त छँदै छ तर अहिले औषधीको अभाव उत्तिकै छ । करोडौं लगानी गरेर भवन बनेको छ र उपकरण पनि राखीएको छ तर प्रयोग विहिन छ ।

नेपाल सरकारले ग्रामीण क्षेत्रलाई उपचारमा प्राथमिकता दिने भनेता पनि मुगुलाई औषधी दिन सम्म पनि भुलेको छ । एउटा भूगोलले त ठगेकै छ, मुगुलाई झन् चोट माथी चोट थप्दैछ राज्यले पनि!

अहिले जिल्ला अस्पतालले बच्चा निकाल्ने अप्रेसन बाहेक अरु अप्रेसनका बिरामी जिल्ला बाहिर रिफर गर्ने र मागको महिनामा मात्रै १८ जना विभिन्न रोगका बिरामीहरु जुम्ला , सुर्खेत र नेपालगन्ज रिफर गरिएको अस्पताल निमित्त प्रमुख उमेश गौतमले बताए ।

अहिले जिल्ला अस्पताल मुगुमा अक्सिजनको पनि अभाव छ दमरोगी भने बढी आउने गर्छन् यता हस्पिटलमा भने अक्सिजन प्लान्ट छैन अरुसँग जोहो गरेर काम चलाउनु पर्छ भनी गौतले बताए ।

उक्त हस्पिटबाट जिल्ला बाहिर उपचार गर्न रिफर गरिएका बिरामिको दुस्ख भने झन् थपिएको देखिन्छ । पहुँच र पैसा वालालाई जिल्ला बाहिर उपचार गर्न जान सकिलो छ तर गरिबको लागी कष्टकर भएको भनी बिरामी बताउँछन् ।

जिल्लामा गुणस्तरिय स्वास्थ्य व्यवस्थापन गर्ने जिम्मेवार निकाय स्वास्थ मन्त्रालय , सामाजिक मन्त्रालयले पनि दक्ष जनशक्ति र समयमै औसधि उपलब्ध गराउने कुरामा कुनै चासो नदिएको देखिन्छ ।

मुगुको यस्तो स्वास्थ्य अवस्थाको बारेको भन्दा कतिपयलाई यो ठाँउ नेपालमै पर्छ र जस्तो लाग्ला हो यो नेपालकै कर्णाली प्रदेशको मुगु जिल्ला हो त्यो जिल्ला जहाँ राज्यले नामकरण मात्र गरेको छ नाम लिन भने बिर्सेको छ ।

प्रकाशित मिति : २०७९ माघ २८ गते, शनिबार


Scroll to Top

Janata Media