प्रतिनिधिसभा बैठक शनिबार ४ बजेसम्मका लागि स्थगित

जनता संवाददाता
२०८० जेष्ठ १२ गते, शुक्रबार

काठमाडौँ, १२ जेठ। प्रतिनिधिसभा बैठक शनिबार ४ बजेसम्मका लागि स्थगित भएको छ। बैठक शनिबार ४ बजे बस्नेगरी स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ।

शुक्रबार मध्यान्ह १२ः४५ बजे २० मिनेटका लागि स्थगित भएको बैठकदिउँसो ३ बजेका लागि तय गरिएको थियो। त्यसपछि बेलुकी ६ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा सूचना टाँसगरि स्थगित भएको हो।एमालेको निरन्तरको अवरोधपछि बैठक स्थगित भएको थियो।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते, शुक्रबार


Scroll to Top

Janata Media