रेशम चौधरी भन्छन् टीकापुरमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्छ, म सघाउन तयार छु

जनता संवाददाता
२०८० जेष्ठ १५ गते, सोमबार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन् । त्यसका लागि आफूले पनि सघाउने उनले बताए ।

कारागारबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘आफ्ना श्रीमान्, छोराछोरी, दाजुभाइहरु कसरी मारिए भनेर थाहा पाउनुपर्छ । त्यसका लागि म पनि सघाउन तयार छु, नागरिक उन्मुक्ति पार्टीले सघाउँछ ।’

उनले टीकापुर घटनाको शुद्ध छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने बताए ।

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते, सोमबार


Scroll to Top

Janata Media