इन्द्रजात्रा विधिवत् सुरु (फोटो फिचर)

जनता संवाददाता
२०८२ भाद्र १९ गते, बिहीबार

काठमाडौँ । इन्द्रजात्रा (येँया) बिहीबारबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान १०ः३१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान ९यःसिं० पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको मानिन्छ ।

आठ दिनसम्म चल्ने जात्राको पहिलो दिन पुलुकिसी, लाखे, सवःभकु पनि निकालिन्छ । विशेषतः आजको दिनलाई ‘उपाकु’ भनिन्छ । आजको साँझ नेवार समुदायबाट मृतकको सम्झनामा बत्ती (पाल्चाः) दिँदै नगर परिक्रमा गर्ने पनि परम्परा रहिआएको छ । इन्द्रजात्राको अन्तिम दिन नानीचा याः मा लिङ्गो (यःसिं) ढालेपछि यो जात्रा समापन भएको मानिन्छ ।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते, बिहीबार


Scroll to Top

Janata Media