मुगुमा ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु

जनता संवाददाता
२०८० जेष्ठ १५ गते, सोमबार

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा न १४ बाममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आईतबार राति सदरमुकाम गमगढी बजारबाट खानेपानीको पाइप बोकेर बाम जाने क्रममा बामको फलात नजिकै लु ४ प ७३६८ नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षका चालक काशिलाल बढुवाल र २० वर्षका सहचालक शिव बढुवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार राति घटना भए पनि घटनाबारे बिहानै मात्र थाहा भएको प्रहरीले जनायको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार १४ नम्बर वडाका अध्यक्षमार्फत घटनाका बारेमा जानकारी भएको र प्रहरी घटनास्थल तर्फ गएको छ । प्रहरी पुगिसकेपछि थप अनुसन्धानमार्फत जानकारी हुने प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते, सोमबार


Scroll to Top

Janata Media