काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- १ स्थित सिद्धि गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिविलास रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापा १६ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षक छनोट प्रक्रियामा घुस लिएको आरोपमा उनीहरुलाई गागलफेदी बसपार्कबाट नियन्त्रणमा लिएको हो ।