सिधा कुराका समाचार स्रोत तिमल्सिना पक्राउ, भोलि नै पेसी

जनता संवाददाता
२०८१ भाद्र ५ गते, बुधबार

काठमाडौँ । सीधा कुरा अनलाइनले प्रसारण र प्रकाशन गरेको डार्क फाइल रिपोर्टका सूचनादाता मानिएका राजकुमार तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार साँझ काठमाडौँको पेप्सीकोलाबाट नियन्त्रणमा लिएको हो ।

तिमल्सिनाले उपलब्ध गराएको अडियोका आधारमा सिधाकुरामा डार्क फाइल रिपोर्ट बनाइएको थियो । उक्त रिपोर्टलाई लिएर अदालतमा सिधाकुराका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र तिमल्सिनाविरुद्ध मुद्दा चलिरहेको छ ।

भोलि मुद्दाको पेशी रहेकोमा अघिल्लो दिन तिमल्सिनालाई पेप्सीकोलाबाट पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २०८१ भाद्र ५ गते, बुधबार


Scroll to Top

Janata Media