ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट बुधबारका लागि हेर्दाहेर्दैमा

चक्र दानी
२०८० श्रावण २ गते, मंगलवार

काठमाडौं । ललिता निवास प्रकरणमा थुनामा रहेका सञ्चारसचिव कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट
बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । मंगलबारको सुनुवाइ नसकिएपछि बुधबार उक्त रिटहरुलाई हेर्दाहेर्दैमा राखिएको हो ।

सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरुलाई गैरकानुनी थुनामा राखिएको बन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।

प्रकाशित मिति : २०८० श्रावण २ गते, मंगलवार


Scroll to Top

Janata Media