‘मिष्टर नेपाल २०२३’ आगामी शनिबार

चक्र दानी
२०८० श्रावण ३ गते, बुधबार

काठमाडौं । ‘मिष्टर नेपाल २०२३’ आगामी शनिबार छनोट हुने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेक्स्ट मोडल्स नेपालले, यही साउन ६ गते अर्थात आगामी शनिबार होटल याक एण्ड यतिमा भब्य समारोहकाबीच कार्यक्रम आयोजना हुने जानकारी दिएको हो ।

नेक्स्ट मोडल्स नेपालका प्रमुख रवि धमलाले ‘मिष्टर नेपाल’ आयोजक नेक्स्ट मोडल्स नेपालले यो पटक ‘मिष्टर वर्ल्ड’को ताज नेपालले हात पार्नेमा आस गर्न सकिने बताएका छन् ।

‘मिष्टर नेपाल’का प्रतियोगिताका रुपमा यो पटक एकसेएक प्रतियोगी रहेकोले मिष्टर नेपालको उपाधि जसले जितेपनि मिष्टर वर्ल्ड नेपाल भित्र्याउन सक्षम छन्। ’

फेसन कोरियोग्राफर, मोडल तथा कलाकार प्रशान्त ताम्राकारले प्रतियोगिहरुले गरेको मेहनेतप्रति आफू सन्तुष्ट रहेको बताए । ‘२० जना प्रतियोगहिरु छन् । उहाँहरुले देखाउनु भएको सिरियसनेस र केन्द्रीत कठिन कार्यहरु गर्नु भएको छ । म धेरै खुसि छु । ’

कार्यक्रममा एक्सपोज नेपालकी अध्यक्ष अर्चना थापाले नेक्स्ट मोडल्सले उत्कृष्ट प्रतियोगिता गर्ने अपेक्षा सहित मिष्टर नेपाल जिम्मा दिएको जानकारी दिइन् । ‘मिष्टर नेपाल देशैकै उत्कृष्ट प्रतियोगीताको रुपमा चिनाउने उद्देश्यले आयोजना गर्दै आएका थियौ । बिचमा मेरो स्वास्थ्यले साथ दिएन । नेक्स्ट मोडल्सले मेरो विश्वास कायम राखेको छ ।’

प्रतियोगिता यस पटकबाट नेपालकै नम्बर वान प्रतियोगिता भएको उनको दाबी छ । १५ औं संस्करणसम्म एक्सपोज नेपालले आयोजना गरेको प्रतियोगिता गत वर्षबाट नेक्स्ट मोडल्सले आयोजना गर्दै आएको हो ।

 

प्रकाशित मिति : २०८० श्रावण ३ गते, बुधबार


Scroll to Top

Janata Media