आज – २५ साउन २०८० बिहिवार, यस्तो छ तपाँईको राशिफल

जनता संवाददाता
२०८० श्रावण २५ गते, बिहीबार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ दिनेछन् । दिनको उत्तरार्धमा धन खर्च पनि हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्यमा समस्या आउनसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा बाधा आउन सक्छ । वैदेशिक क्षेत्र पनि कमजोर रहनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मानसिक चिन्ता बढ्न सक्छ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता पनि भइएला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कूटनीतिक नियोगको सहयोग मिल्ला । गरेको कार्यमा सफलता पाइनेछ । कुनै कुराले मनमा शान्ति छाउला । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला तर आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राजनैतिक कार्यमा पनि बाधा आउनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । माइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज पुनर्मिलनको योग रहेको छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । सन्तान सुख मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन पनि लाग्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति : २०८० श्रावण २५ गते, बिहीबार


Scroll to Top

Janata Media