स्कुटर दुर्घटना हुँदा पाँचथरमा एक जनाको मृत्यु

जनता संवाददाता
२०८० श्रावण २७ गते, शनिबार

काठमाडौँ । फिदिम फालौट सडकखण्ड अन्तरगत पाँचथरको फिदिम नगरपालिका ११ अम्बके भीरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा फिदिम नगरपालिका १ का ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार स्कुटलका चालक उनका श्रीमान होमकर्ण कार्की गम्भीर घाइते हुनुहुन्छ ।

हेमकर्णले चलाएको प्रदेश ०१–०३–००१ प ५२७१ नम्बरको स्कुटरमा नाँगीनदेखि फिदिम आउने क्रममा फिदिम ११ अम्बके भीरमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

चालक हेमकर्णको दाहिने खुट्टा भाँचिएको छ । दुर्घटना हुँदा सडकदेखि ५० मिटर तल खसेकी मायादेवीलाई उपचारार्थ अस्पतालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । घाइते कार्कीको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० श्रावण २७ गते, शनिबार


Scroll to Top

Janata Media