त्रिदेशीय टी-२० सिरिज अन्तर्गत आज नेपाल र युएईबीच फाइनल हुँदै

जनता संवाददाता
२०८० कार्तिक १० गते, शुक्रबार

काठमाडौँ । त्रिदेशीय टी-२० सिरिज अन्तर्गत नेपाल र युएईबीच आज फाइनल खेल हुने भएको छ।

शुक्रबार बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबीच फाइनल हुन लागेको हो।

नेपाल, युएई र हङकङबीच नेपालमा जारी सिरिजबाट हङकङ बाहिरिसकेको छ।

नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो।

युएई र हङकङले एकअर्कासँग एक/एक जित हात पारेको छ। रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो।

प्रकाशित मिति : २०८० कार्तिक १० गते, शुक्रबार


Scroll to Top

Janata Media