काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुरोट भनेर ल्याएको बट्टा सुनको ठहर हुँदा त्यस्मा गृहमन्त्री जवाफदेही हुने कि नहुने भनेर प्रश्न गरेका छन् ।
आईतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गृहमन्त्रीको राजीनामाको विकल्प नभएको बताए ।
उनले भने ‘ गृह मन्त्रीले त खासमा रोस्टममा उभिन जानु आफै राजीनामा गर्नु बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ सुन् भनेर राखेको ठाउँबाट चोरी हुन्छ गृह मन्त्री जवाफदेही होईन त्यो रु गृह मन्त्री ज्यू, क्वीन्टलका क्वीन्टल सुन एउटा माध्यमबाट एउटा कम्पनीले ल्याएको छ यस्तो कति छ रु त्यस्तालाई कस्को सिफारिसमा कस्ले दियो नागरिकता रु त्यतिबेलाको प्रतिबेदन कहाँ छ गायब गरिएको छ । यो त तार काट्ने क्यमामेराको मुन्टो अर्कोतिर फर्काउने घाँटी कर्माउने कस्तो सरकार हो यो रुकुरा ठूलो गर्ने अनि देशको। मायाँ छैन् २ ४ जना स्वार्थीतत्वको कुरा सुनेर पछाडि लाग्ने र ?
अध्यक्ष ओलीले सरकारले सुन तस्करी प्रकरणको छानविन उच्च स्तरीय र स्वतन्त्र हुनुपर्ने बताउँदै कर्मचारीको निर्देशित हुन नहुने प्रष्ट पारे ।