मेयरमा हारेकी अनितादेवीले समालिन् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

जनता संवाददाता
२०८० श्रावण २९ गते, सोमबार

काठमाडौँ । जनमत पार्टीबाट मन्त्री बनेकी अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदभार ग्रहण गरेकी छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएलगत्तै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री साहले सहज ढंगले जनतलाई सेवा प्रवाह गर्ने कामनै आफ्नो पहिलो प्राथमितामा रहने बताइन् । उनले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।

गत स्थानीय चुनावामा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा जनमतबाट उम्मेदबार बनेकी थिइन् । तर, १५ सय मत कटाउन सकिनन् । स्थानीय चुनावमा पराजित भएपछि जनमतले अनितालाई प्रतिनिधिसभा चुनावमा समानुपातिक उम्मेदवार बनायो । समानुपातिक कोटाबाट सांसद बनेकी अनिताले पहिलो पटक सिंहदरबारको यात्रा तय भयो ।

प्रकाशित मिति : २०८० श्रावण २९ गते, सोमबार


Scroll to Top

Janata Media