काठमाडौँ । शान्ति समाज काठमाडौ शाखाको २७ औ साधारणसभा साउन १२ गते हुने भएको छ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा साधारणसभा साउन १२ गते हुने भएको हो ।
मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २०८० साउन १२ गते शनिबार काठमाडौँको जोरपाटी स्थित सिजलर क्याफे, अघौतेश्वर महादेव मन्दिर, बाहुनधारा, जोरपाटीमा २७ औँ जिल्ला साधारण सभा हुने भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल काग्रेसका महामन्त्री तथा माननीय सासद श्री विश्वप्रकाश शर्मा र मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको समुपस्थितिमा रहनेछन् ।
शान्ति समाज काठमाडौँ शाखाको २०८० असार २० गते बसेको जिल्ला कार्यसमितिको बैठकले काठामाडौँ शाखाको २७ औँ जिल्ला साधारण सभा २०८० साउन १२ गते शनिबार काठमाडौँमा गर्ने निणर्य गरेका थियो । काठमाडौँ जिल्ला कार्यसमितिकिो अघिल्लो बर्ष निवार्चन भएर कार्यसमिति चयन भएको थियो । सो साधारणसभाबाट भगवान पुडासैनीको नेतृत्वमा २०८२ साउन सम्मका लागि नेतृत्व चयन भएको थियो । मानव अधिकार तथा शान्ति समाजको काठमाडौ जिल्लाको आजिवन सदस्य ५२० जना रहेका छन् भने शान्ति समाज काठमाडौ शाखा सबैभन्दा बढी आजिवन सदस्य भएको जिल्ला पनि भएको काठमाडौ जिल्ला सभापति भगवान पुडासैनीले बताए ।
जोरपाटीको सिजलर क्याफेमा बिहान ८ बजेदेखी सुरु हुने साधारणसभामा काठमाडौ जिल्लाका आजिवन सदस्य, सदस्य , शुभचिन्तक सम्पूर्णलाई उत्त साधारणसभामा उपस्थित हुनका लागि सभापति भगवान पुडासैनीले हार्दिक अनुरोध गरेका छन् । कार्यक्रममा विभिन्न राजनीति दलका सासद, स्थानीय तहका जनप्रतिनिधि, सामाजिक अभियन्ता, नागरिक समाज, स्थानीय सघ सस्था, स्थानीय व्यक्ति लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेन कुरा पुडासैनीले बताए ।







