धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभालाई सम्बोधन गर्दे पदबाट राजीनामा दिएका छन् । यस सँगै प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन् ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पद्बाट राजीनामा दिएपछि उनले सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी राजनीतिक दलको समर्थनमा आफ्नो पक्षमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीका नियुक्तका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्।







