बाल सचेतना केन्द्र नेपालको कार्यालयमा एकैदिन तिन जनाको खुसियाली

जनता संवाददाता
२०८० श्रावण ३२ गते, बिहीबार

काठमाडौँ । बाल सचेतना केन्द्र नेपालले आफ्नो कार्यालय रहेको काठमाडौँको बौद्ध स्थित कार्यालयमा एकैदिन तिन जनाको खुसियाली मनाएको छ ।

केन्द्रका अध्यक्ष बाबुराम फुयालको जन्मदिन, केन्द्रका बोर्ड सदस्य अभिलेख उप्रेतिले सिए क्याप वान(CA Cap-1) पास गरेको र केन्द्रका सल्लाहकार सदस्य उत्तम शर्मा धिमालले १२ कक्षा पास गरेको उपलक्षमा जन्मदिन सँगे खुसियाली कार्यक्रम गरेको हो ।

बाल सचेतना केन्द्र नेपालले विगत १५ वर्षदेखि सामाजिक क्षेत्रमा बेवारिसे तथा दुर्गम क्षेत्रका असहाय, अपाङ्ग बालबालिका सन्दर्भमा उल्लेख्य काम गर्दै आईरहेको छ । केन्द्रका अध्यक्ष फुयाल भने विगत १५/१६ वर्षदेखि सामाजिक सेवामा डटेर लागिरहेका छन् ।

प्रकाशित मिति : २०८० श्रावण ३२ गते, बिहीबार


Scroll to Top

Janata Media