रुसमा ग्यास स्टेशनमा आगलागी हुँदा ठूलो विस्फोट :१२ जनाको मृत्यु, ६० घाइते

जनता संवाददाता
२०८० भाद्र ३ गते, आईतवार

काठमाडौं । रुसमा ठूलो दुर्घटना भएको छ । ग्यास स्टेशनमा आगलागी हुँदा ठूलो विस्फोट भएको हो ।

यस विस्फोटका कारण १२ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा दुई बालबालिका पनि रहेका छन् । घटना रुसको दागेस्तानी सहरको हो ।

राजमार्गको छेउमा रहेको अटो मर्मत पसलबाट सुरु भएको आगो नजिकैको ग्यास पसलमा फैलिएको थियो । जसका कारण ग्यास स्टेशनमा भीषण आगो लागेको थियो । आगलागीका कारण एक तले घर पनि जलेर खरानी भएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ३ गते, आईतवार


Scroll to Top

Janata Media