अस्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल) ड्राफ्टमा नेपालका पाँच खेलाडी

जनता संवाददाता
२०८० भाद्र १२ गते, मंगलवार

काठमाडौं । अस्ट्रेलियाको क्रिकेट फ्रेञ्चाइज लिग बिग ब्यास लिग (बिबिएल) को विदेशी खेलाडीको ड्राफ्टमा नेपालका पाँच खेलाडी समावेश भएका छन्।

बिबिएलले आज सार्वजनिक गरेको ३७६ जनाको सूचीमा नेपालका पाँच खलाडी समावेश भएका हुन्।

नेपालबाट देव खनाल, सन्दीप लामिछाने (होबार्ट हरिकेन्समा रिटेन हुन सक्ने), अर्जुन साउद, आरिफ शेख र आसिफ शेख ड्राफ्टमा समावेश भएका हन्।

अब टिमहरूले ३ सेप्टेम्बरमा ड्राफ्टमा छनोट भएका विदेशी खेलाडीलाई आफ्नो टिममा राख्न सक्नेछन्। ड्राफ्टमा नेपालसहित २९ देशका खेलाडी समावेश छन्।

टिमले न्यूनतम दुई र अधिकतम तीन विदेशी खेलाडी राख्न सक्नेछन्।

प्रकाशित मिति : २०८० भाद्र १२ गते, मंगलवार


Scroll to Top

Janata Media