कुलमानको खुलासाः प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ३२ अर्ब

जनता संवाददाता
२०८१ श्रावण २५ गते, शुक्रबार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रुपियाँबाट उकालो लागेको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन् ।

उहाँले प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्ब ११ अर्ब रुपियाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपियाँ पुगेको जानकारी दिए ।

प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मूल्याङ्कन गरेको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको बताए ।

 

प्रकाशित मिति : २०८१ श्रावण २५ गते, शुक्रबार


Scroll to Top

Janata Media