भ्रष्टाचारविरोधी अभियानले प्रतिगामीको सात्तो उड्यो : प्रधानमन्त्री प्रचण्ड

जनता संवाददाता
२०८० भाद्र २४ गते, आईतवार

हेटौंडा । प्रधानमन्त्री तथा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० ले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरूको सातो गएको बताएका छन् ।

समाजवादी मोर्चाले बागमती प्रदेश अन्तर्गत आइतबार हेटौँडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानले प्रतिगामीहरूको सात्तो उडेको बताएका हुन् ।

यसपटक सरकारको नेतृत्व गरिरहँदा देश र जनताको पक्षमा देखिने गरी काम सुरु गर्ने आफ्नो योजना अनुरूप भ्रष्ट्राचारविरुद्ध निर्मम भएर काम गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।

उनले सरकार भ्रष्ट्राचारलाई निर्मूल पार्न, सामाजिक न्याय र सुशासन कायम गर्न कुनै पनि मूल्य चुकाउन तयार रहेको प्रष्ट पारे । हिजो कुशासन चलाउनेहरू अहिले सरकारले सुरु गरेको अभियानबाट आत्तिएर सरकारविरुद्ध षड्यन्त्र र घेराबन्दी सुरु गरिरहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।

सरकारको अभियानबाट आत्तिएका प्रतिक्रियावादीहरुले विभिन्न नाममा एकजुट भएर अहिले विस्तृत शान्तिसम्झौताको भावना र संविधानको मर्मविपरीत सरकारविरुद्ध सबै खाले षड्यन्त्र र तानाबाना बुन्न तल्लीन रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

‘‘सरकारले जसरी एकपछि अर्को भ्रष्टाचार काण्डहरू खोल्दै गएको एकाथरीलाई मन परेको छैन। उनीहरू सरकारविरुद्ध लागेका छन् । हिजो अनेकन् भ्रष्टाचारका काण्ड मच्चाउनेहरू एकजुट भएर सरकारविरुद्ध लागेका छन् । कुनै पनि षड्यन्त्र, गुटबन्दी र धम्कीले सरकार अभियानबाट पछि हड्दैन् । यसलाई अझै सशक्त ढङ्गबाट लगिने छ’’– प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्रीले परिवर्तनको रक्षा, सुशासन, संवृद्धि र सामाजिक न्यायका लागि नेपाली कांग्रेस, माओवादी, समाजवादीसहितका दलको गठबन्धन बनेको र गठबन्धनका नेताहरुविरुद्ध प्रतिगामीहरूले खुकुरी हान्ने जस्तो जघन्य घटना घटाएको भन्दै यसलाई कुनै हालतमा छुट नदिइने प्रष्ट पारे ।

प्रकाशित मिति : २०८० भाद्र २४ गते, आईतवार


Scroll to Top

Janata Media