काठमाडौँ । चर्चित तिर्थस्थल कैलाश मानसरोवरको दर्शनका आएका भारतीय धर्मगुरु जग्गी वासुदेव (सद्गुरु) सिमकोट पुगेका छन् ।
आफूसहत ७० जनाको टोली लिएर कैलास दर्शनका लागि हिडेका सद्गुर मंगलवार हुम्ला सदरमुकाम सिमकोट पुगेका हुन् । विगत दुई वर्षदेखि लगायतार हुम्लाको लाप्चाबाट कैलास मानसरोवरको दूर दर्शन गरेका सदुगुरुले यस पटकपनि नाम्खा गाउँपालिका ६ को लिमीको लाप्चाबाटै कैलासको दर्शन गर्ने कार्यक्रम रहेको छ । सद्गुरुले यस भन्दा अघिका २ वर्षमा पनि नाम्खाको लाप्चा क्षेत्रवाटै कैलासको दर्शन गरेका थिए । सद्गुरुको टोली मंगलवार हुम्लामा पुगेसँगै सदरमुकाम सिमकोटको चहलपहल पनि शुरु भएको छ । जम्बो टोलीसहितका सद्गुरुको टोली सिमकोटमै वास बस्ने भएपछि जिल्लाको धार्मिक चहलपहल शुरु भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौड्यालले जानकारी दिए ।
‘सदुगुरु सहितको भारतीय टनेली सिमकोटमा बस्ने भएपछि सुरक्षा अवस्थालाई चस्त पार्ने देखि उहाँहरुको व्यवस्थापनका बारेमा पनि जिम्मेवार लिएका साथीहरुलाई अलट गर्ने काम प्रशासनबाट भएको छ’ अधिकारी पौड्यालले भने, ‘गुरुको टोली बुधबार विहान नाम्खाको लिमि स्थित तुम्लिङतर्फ जाने कार्यक्रम तय गरिएको छ ।’
उत्तरी क्षेत्रको तुम्लिङ पुग्न सिमकोट देखि गाडीमा ७ घण्टा समय लाग्छ । यस्तै बिहिवार तुम्लिङमा विश्राम गर्ने र शुक्रबार तुम्लिबाट पैदल मार्गबाट लिमि लाप्चा गएर कैलाशको दर्शन गर्ने तालिका सद्गुरुको छ । लिमिलाप्चा एक रात बसेपछि पछिल्लो दिन अर्थात अपोज १ गते सिमकोट फिर्ता हुने कार्यक्रम छ ।