सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा सम्पन्न

जनता संवाददाता
२०८० भाद्र २७ गते, बुधबार

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा कम्पनीले बिशेष साधारण सभा सम्पन्न गरेको हो ।

सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने÷प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।

कम्पनीको विशेष साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८० भाद्र २७ गते, बुधबार


Scroll to Top

Janata Media