विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलित

जनता संवाददाता
२०८० आश्विन ४ गते, बिहीबार

काठमाडौँ । सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौंको माइतीघरमा शिक्षकहरुले प्रदर्शन गरेका छन्।

देशभरबाट आन्दोलनमा आएका शिक्षकहरु माइतीघर मा भेला भई आन्दोलनमा उत्रिएका हुन्। नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो। संसद्मा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ। जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्नेसहितका माग छन्। सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ।

उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्।

प्रकाशित मिति : २०८० आश्विन ४ गते, बिहीबार


Scroll to Top

Janata Media