काठमाडौं । शिक्षकहरुसँगको वार्तालाई सकेसम्म आजै टुंगोमा पुर्याउन कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्देशन दिएका छन् ।
रक्षा मन्त्रालयमा आज बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार मन्त्री रेखा शर्मा , मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसंग छलफल गरेका थिए ।
विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षक कर्मचारीहरू विगत तीन दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।