कैलालीमा आजबाट नेपाल–भारत सीमा नाका बन्द हुने

जनता संवाददाता
२०८१ बैशाख २८ गते, शुक्रबार

काठमाडौं । कैलालीमा आज साँझ ६ बजेबाट नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ ।

भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा वैशाख ३१ गते हुने गइरहेको लोकसभा सामान्य निर्वाचनलाई लक्षित गरेर मतदान कार्य नहुँदासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न लागिएको हो ।

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि भारतीय पक्षले पत्राचार गरेकाले उक्त अवधिभर नेपाल–भारत अन्तर्राष्ट्रिय सबै सीमा नाकाहरू बन्द रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते, शुक्रबार


Scroll to Top

Janata Media