गमगढीमा भीषण आगलागी, सात घर १ टहरा जलेर नष्ट

जनता संवाददाता
२०८० आश्विन ६ गते, शनिबार

सर्जन कुमार शाही, मुगु । २०७८ साल कार्तिक २९ गते गमगढी बजारमा भएको भीषण आगलागीभई क्षेती भएको घाउ सेलाउन नपाउँदै शुक्रवार राती १२ बजे मुगु सदरमुकाममा पुन आगलागी भएको छ ।

उक्त आगलागीबाट गमगढी बजारको कृष्ण चोक देखि प्रकाश भामको घरसम्म पुग्ने सडकको बिच क्षेत्रमा पर्ने पुतल शाहीको घर देखि तार्के लामाको घर सम्म रहेका सात घरहरू एक टहरा ९ ,गोदाम जलेका छन् ।

जलेका घरहरू तार्के लामा , सोनाम लामा, ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लको टिनको टहरा, रहेको बताइएको छ । उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौंको क्षेती हुन सक्ने अनुमान गरिएको छ ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिनुभएको छ । गमगढी खानेपानीको पानी प्रयोग गरि आगो नियन्त्रण गर्ने प्रयास जारी छ ।

आगो के कसरी लाग्यो भन्ने कुराको जानकारी प्राप्त हुन सकेको छैन भने क्षतिको एकिन विवरण आउन बाँकिनै रहेको प्रहरीले बताएको छ । रातिको समयमा आगलागी भएपनि कुनै मानवीय क्षति भने हुन पाएन पाँच बजे मात्र आगलागी नियन्त्रणमा आएको हो ।

तत्कालका लागी छाँयानाथ रारा नगर पालिले प्रत्येक घर जले वापत ५० हजार राहत र भाडामा बसेका हरेकलाई उचित बन्दबस्त र तत्कालीन खाने कुराको व्यवस्था गर्ने र बिस्तारै पुनः निर्माण कार्य थालनी गर्ने नगर प्रमुख विष्णु कुमार भामले बताए ।

 

प्रकाशित मिति : २०८० आश्विन ६ गते, शनिबार


Scroll to Top

Janata Media