काठमाडौँ । कर्ण चापागाईको गीत ‘शिर सजाउने फूल’ले १० वर्षपछि महिला स्वर पाएको छ । गायिका समीक्षा अधिकारीले यो गीतमा स्वर दिएकी छिन् । सगरमाथा डिजिटलले सार्वजनिक गरेको गीतमा समीक्षा स्वर र अभिनय दुवैमा खुलेकी छिन् ।
झण्डै दशकअघि यो गीत गायक शिव परियारले गाएका थिए । त्यतिबेला पनि प्रशस्त चर्चा कमाएको गीत सगरमाथाले समीक्षाको स्वरमा ल्याएको हो । परियारको स्वरमा गाएको यो गीत युट्युबमा १८ लाख ४२ हजारपटक हेरिएको छ ।
गीतको म्युजिक भिडियो अनिल के मानन्धरले निर्देशन गरेका हुन् । गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् । गीतको रेकर्ड सबिर केसीले गरेका हुन् भने गितार सरोज केसी र बाँसुरी रत्न विकेले बजाएका छन् ।







