एमालेको बाग्मती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित

जनता संवाददाता
२०८० आश्विन १३ गते, शनिबार

काठमाण्डौ । नेकपा एमालेको बाग्मती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । गएराति सकिएको मतगणनामा ढुङ्गेल ६९६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा दावा दोर्जे लामा ६१५ मतसहित निर्वाचित भएका छन् । सचिवमा नवराज सिलवाल एक मत बढी ल्याएर विजयी भएका हुन् । उनले ५६८ र अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत प्राप्त गरे।

यस्तै, उपसचिवमा प्रेम कुमार महर्जन र भक्त कुमारी लामा विजयी भएका छन् । नेतृत्वले सर्वसम्मतिबाट प्रदेश कमिटी चयन गर्ने प्रयास असफल भएपछि हिजो मतदान भएको हो ।

प्रकाशित मिति : २०८० आश्विन १३ गते, शनिबार


Scroll to Top

Janata Media