पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य ५ रुपैयाँले घट्यो

जनता संवाददाता
२०८० आश्विन २८ गते, आईतवार

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ ।

काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ । डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २०८० आश्विन २८ गते, आईतवार


Scroll to Top

Janata Media