टर्की भूकम्प : तीन सय बढीको मृत्यु, संकटकाल घोषणा

जनता संवाददाता
२०७९ माघ २३ गते, सोमबार

एजेन्सी । टर्कीको दक्षिणी क्षेत्रमा गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परेर तीन सय भन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार भूकम्पमा टर्की र सिरियामा गरी हालसम्म तीन सय भन्दा बढीको मृत्यु भएको हो ।

हालसम्म टर्कीमा ७६ र सिरियामा २३७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको हो ।

पहिलो भूकम्प गएको केही मिनेटपछि अर्को शक्तिशाली भूकम्पको धक्का महसुस भएको थियो । यसपछि पूरै क्षेत्रमा एकपछि अर्को धेरै परकम्पहरू महसुस गरिएको छ ।

टर्की, लेबनान, सिरिया, साइप्रस, इजरायल र प्यालेस्टाइनमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पपश्चात टर्की सरकारले देशमा संकटकाल लगाएको छ । राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको छ ।

प्रकाशित मिति : २०७९ माघ २३ गते, सोमबार


Scroll to Top

Janata Media