बडादसैँको आठौँ दिन, आज महाअष्टमी पर्व मनाइँदै

जनता संवाददाता
२०८० कार्तिक ५ गते, आईतवार

काठमाडौँ । बडादसैँ अन्तर्गत आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमी पर्व आज दुर्गा भवानीको विशेष पूजाआराधना गरी मनाइँदैछ ।

बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिन्छ ।

महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।

आजको दिन शास्त्रसम्मत रूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिने गरिन्छ ।

सीआईएसँग कुराकानी गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले दसैँमा शक्तिको आराधना गरिने भएका कारण पनि यसको महत्व नघटेको बताए ।

आजको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पूजाआजा गरिन्छ ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते, आईतवार


Scroll to Top

Janata Media