नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले एक माइनर अप्रेसन गरेका छन्। उनको पेटको छालाभित्र गिर्खाहरु लामो समयदेखि रहेका थिए। जसको अप्रेसन सोमबार भएको हो। उनले कम्तिमा १५ दिन आराम गर्नु पर्ने अस्पताल स्रोतले बतायो।
उनले समाजिक सञ्जालमार्फत आफ्नो सफलतापूर्वक अप्रेसन सम्पन्न भएको बताएका छन्। रण उनले समय मिलाएर अप्रेसन गरेको क्यान प्रवक्ता दुर्गाराज पाठकले जानकारी दिए। उनले सन्दीपको माइनर अप्रेसन भएको बताए।







