योजना मिलाईदिन्छु भन्दै राष्ट्रिय सभा सदस्यले लिए तिन लाख कमिसन

जनता संवाददाता
२०८० कार्तिक ६ गते, सोमबार

काठमाडौँ । योजना मिलाईदिन्छु भन्दै राष्ट्रिय सभा सदस्यले झण्डै तिन लाख कमिसन लिएका छन् । हुम्लाको अदानचुली गाउँपालिका वडा नं ४ निवासी सुरेश बुमिबाट राष्ट्रिय सभाका सांसद नरपति लुवारले कमिसन लिएका छन् ।

गत फागुन ११ गते योजना मिलाईदिन्छु भन्दै सांसद लुवारले एभरेष्ट बैँकमा रहेको आफ्नो खातामा पैसा हाल्न लगाएका थिए । पिडित बुमिले सांसद लुवारको खातामा रु १,८०,००० (एक लाख असी हजार) जम्मा गरेका गरेका थिए । सात महिना बितिसक्दा पनि सांसद लुवारउल्टै सम्पर्कविहिन भएपछि पिडित बुमि जनता मिडियाको सम्पर्कमा आएका छन् ।

पिडित सुरेश बुमिले आफूले सांसदलाई बुझाउन ऋण लिएको र साहुले आफ्नो पैसा फिर्ता गर्न बारम्बार भनिरहेको र सांसद भने सम्पर्कविहिन भएका कारण आफू मिडियासामु आएको बताएका छन् ।

‘म अहिले मरौँ कि, बाँचौँ भन्ने परिस्थितमा गुज्रिरहेको छु । साहुले ऋण मागेको माग्यै छ । पैसा खाने सांसद भने न फोन गरेको उठाउँछ, न त फोन ब्याग नै गर्छ । अन्तिम विकल्प म मिडिया सामु आउनु नै देखेँ । मलाई आशा छ, अब चाँहि उसले मेरो पैसा फिर्ता दिन्छ र हदैसम्मको कारबाही पनि पाउँछ । उसलाई कुनै पनि हालतमा छोड्नु हुँदैन ।’ जनता मिडियासँग उनले भने ।

सांसद लुवारको खातामा हुम्लाकै अदानचुली वडा नं ६ का मोहन बुढाबाट पनि रु १,००,००० (एक लाख) रुपैँया जम्मा भएको छ । यो रकम पनि योजना मिलाईदिने भन्दै सांसद लुवारले आफ्नो खातामा जम्मा गर्न लगाएका थिए ।

सांसद लुवार नेकपा एमाले कालिकोटबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । उनी गोलाप्रथाद्धारा ६ वर्षको लागि निर्वाचित भएका थिए ।

सांसद नरपति लुवारको खातामा जम्मा गरेको भौचर हेर्नुहोस्:

प्रकाशित मिति : २०८० कार्तिक ६ गते, सोमबार


Scroll to Top

Janata Media