
काठमाडौं । नेपालले मंगलबार मलेसियामाथि जित निकाल्दै आइसिसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरको सेमिफाइनलमा स्थान बनाएको छ ।
नेपालले मलेसियामाथि ६ विकेटको जित निकाल्दै समूह ‘ए’ मा एक खेल बाँकी छँदा नै सेमिफाइनलमा स्थान बनाएको हो । यो समूहबाट नेपालसँगै ओमान एक खेल बाँकी छँदा नै सेमिफाइनलमा पुग्न सफल भयो । यी दुईबीच समूह विजेताका लागि अन्तिम खेल बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १६६ रनको लक्ष्य नेपालले १८औं ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा आक्रामक ब्याट्सम्यान कुशल मल्लले ६५ रनको अर्धसतकीय इनिङ खेले । कुशलले ३४ बलमा दुई चौका र सात छक्का प्रहार गरे ।
नेपाल जितनजिक पुग्दा उनी १७औं ओभरमा मोहम्मद अमिरद्वारा आउट हुन पुगे । त्यसअघि आक्रामक सुरुआत गरेको नेपालले पहिलो विकेटका लागि ४९ रनको साझेदारी ग¥यो । यो साझेदारीमा ओपनर कुशल भुर्तेलको नै ४३ रनको योगदान दिए ।
स्पिनर पवनदीप सिंहले उनलाई आउट गर्दै नेपालको साझेदारी तोडेका हुन् । त्यसअघि कुशलको इनिङमा समान चार चौका र छक्का रह्यो । उनी आउट भएपछि अर्का ओपनर आसिफ शेख दोस्रो विकेटका लागि कुशल मल्लसँग ६७ रनको साझेदारी गरे । ११.४ ओभरमा अमिरले नै आसिफलाई ३२ रनमा आउट गर्दै त्यो साझेदारी तोडे । त्यसपछि आएका कप्तान रोहित पौडेल २ रनमा नै पवेलियन फर्किए । उनी पनि अमिरकै शिकार भए । यद्यपि, त्यसपछि सन्दीप जोराले अविजित १८ रन बनाउँदै १२ बल अगावै जित सुरक्षित गराए ।
मलेसियाको बलिङमा मोहम्मद अमिरले तीन तथा पवनदीपले एक विकेट लिँदा अन्य बलर भने विकेटविहीन रहे । यो समूहबाट नेपालसँगै ओमान सेमिफाइनलमा प्रवेश गर्दा समान दुई हार बेहोरेका मलेसियाका र सिंगापुरको यात्रा समूहचरणबाटै अन्त्य भएको छ । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको हो । निकै आक्रामक सुरुआत गरेको मलेसियाले २७ बलमा नै ५० रन जोड्यो ।
नेपालका बलरमाथि हाबी भएका मलेसियाका ओपनरद्वय सैइद अजिज र जुबैदी जुलकिफलले ५८ रनको साझेदारी गर्दै राम्रो सुरुआत गरे । अविनाश बोहोराले ५.५ ओभरमा जबैदीलाई २४ रनमा आउट गर्दै ‘ब्रेक थ्रु’ दिलाए । पहिलो विकेट पतनपछि नै मलेसियाले आक्रामक ब्याटिङ जारी राख्यो । एक छेउबाट ओपनर सैइद अजिजले इनिङ अगाडि बढाए । तर, सातौं ओभरमा मलेसियाले कप्तान अहमद पैmजलाई ३ रनमा नै रनआउटका रूपमा गुमायो । एक छेउबाट अजिजले आक्रामक ब्याटिङ जारी राखे ।
तर, लेग स्पिनर सन्दीप लामिछानेले अनुभवी ब्याटर विरनदीप सिंहलाई ४ रनमा नै पवेलियन फर्काउँदै नेपाललाई तेस्रो सफलता दिलाए । त्यो विकेटसँगै नेपालले मलेसियाको आक्रामक ब्याटिङलाई रोक्ने प्रयास ग¥यो । ओपनर सैदले चौथो विकेटका लागि सार्भिन मुनैदीसँग ३४ रनको साझेदारी इनिङ उकास्ने प्रयास गरे । तर, कप्तान रोहित पौडलले सार्भिनलाई १३ रनमा कट एन्ड बोल्ड गर्दै त्यो साझेदारी तोडे । १४औं ओभरमा चौथो विकेट पतन हुँदा मलेसियाले ११९ रन जोडेको थियो ।
यद्यपि, मलेसियाले खातामा थप ६ रन जोड्दा महत्वपूर्ण ब्याट्सम्यान सैइदलाई ६८ रनमा गुमायो । गुल्सन झाले उनलाई कुशल भुर्तेलद्वारा क्याच आउट गराए । सैइदको इनिङमा आठ चौका र दुई छक्का थियो । त्यसपछि नेपालका बलरले कसिलो बलिङ गरे । यद्यपि, तल्लो क्रमका ब्याटर विजयी उन्नीले नटआउट १३ रन जोड्दै मलेसियालाई राम्रो योगफलतर्पm अग्रसर गराए । नेपालको बलिङमा अविनाश बोहोराले चार ओभरमा सर्वाधिक चार विकेट लिँदा २७ रन खर्चिए । सन्दीप, रोहित र गुल्सनको नाममा एक विकेट रह्यो । अनुभवी बलर सोमपाल कामी र करण केसी विकेटविहिन भएसँथै महँगा पनि रहे ।